लेखनाथका रचना

posted Aug 7, 2012, 6:42 PM by Weall Nepali   [ updated Feb 4, 2013, 1:44 PM ]

Poems of Lekhnath Poudel

 पिंजडा को सुँगा


बालक बबुरो दिजशुक नाम
हुँ म परेको छु पिंजडामा 
मकन हरे शिव शान्ति र चैन
सपना बिच पनि रति भर छैन
मेरा बान्धव बाबु र आमा 
बस्छन वनका एक कुनामा
को सित पोखुँ मनको ताप 
गर्दै पिजडा बाट बिलाप
अंशु बगाई कहिले रुन्छु 
कहिले मुर्दा तुल्य म हुन्छु 
कहिले पागल सरि उफ्रन्छु 
केवल वनका सुख सम्झन्छु   
फलफुल खाइ नित्य रमाई 
वनमा फिर्ने बबुरो लाई
विधिले पार्यो पिजडा भित्र
कर्म हरे शिव हुन्छ बिचित्र 
वरी परी बैरीहरु छन् सारा
छैन कतै तिर कोही सहारा 
के गरु कसरी उम्की जाऊँ    
को सित मन को दर्द बिसाऊँ
पिजडा फोडु भनिकन चुच्चो  
बल संग धस्दा भो सब बुच्चो 
बेसरी कुजिए पक्ष्य र पाऊँ
कसरि अब हा काल बिताऊँ
यो कस्तो हो कसरि आयो 
बसी कन पिंजडा  बिच के खायो 
यो सब बुझ्ने कोहि छैन
हाय यसैले मन रहदैन 
सुस्खा छ घटी बन्धन चर्को
बोल्नै पर्ने झर्को अर्को 
बोलेन भने लाठी उजाई पिट्न लाई 
यौटा भन्दछ यो हो पाजी 
आर्को भन्दछ यो छ बिराजी 
भन्द छ तेस्रो आत्मा राम 
पढो पढो जी राखो नाम
गुडको बैरी मनुष जाति
सूश्क गराई गुणीका छाती
प्राण पखेरु नलिए सम्म 
खुश किन हुन्थ्यो हाय अचम्म 
पृथिबी तलमा एउटा सम्म 
मानिस बाँकि रहंदा सम्म
तुच्छ सुगाको जन्म नदेऊ
दीन दयालु बिन्ती लेऊ !     

Pinjada ko Suga by Lekhnath Poudel

   

दशैं


हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा 
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो ।

ठूला साना सबैलाई
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ ।

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग ।

























Dashain by Lekhnath Poudel






नैतिक दृष्टान्त 


बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।
गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।
दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।
ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक ।
गरदैन कुनै सोझो ग्रहको पूजनादिक ।।
टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महात्मा जुन्किरीसित ।।
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।।
जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मैघ उसैको हुन्छ घर्घर ।।
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।
मेटिंदैन कसैबाट आफनू कर्मपद्धति ।
बनवासी बने राम चौधै भुवनका पति ।।
धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।।
सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?
सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।





Naitik Drashtanta by Lekhnath Poudel