इन्द्रेनी
लक्ष्मी प्रसाद देवकोटा क. पग्ले सृजन–घन, हे साउन रङ्ग–धनी लच्की ललित रे चुली चुली गाँसी, कलाकी इन्द्रेनी ! ख. वाष्पद्रवमा किरण–बुना यो धनुष नवीन ! हान्दछ, कुसुमशर दृग–दिलमा ! झन्कार्दछ क्या भाव नवीन ! ग. पहिलो कवि पछि लोचनका सलिलकण किरण चढेथे, किरण लडेथे स्वर्ग पुगीकन, अवनी छुन ! घ. सत्य नै के यसरी पहिले पग्ल्यो होला रङ्ग–पागल ? सृष्टिपरीका चुहे परेला यसरी झझल्की, पहिले लगाई, यो गाजल ? नवीन वधूका दुःखसुख मिसिई, झल्लरमा झलझल ? ङ. अश्रुत सप्तस्वर निर्झरिणी के यो ? घाम–छायाको मायाको के शादी सुन्दर ? रङ्ग–निर्झर ? दुःखसुख झरझर ? स्वर बरबर ? च. जादूचरी सलिल–तनीको कुसुमे लच्को चुली, चुली, साँघु बाँधी, दिव्य प्रदर्शन किन यो मचियो ? गाउँछन् मसिना बुलबुलचरी ! वाह ! कलाको, दृश्य, श्रव्यमा, विजयधुरी ! छ. भन, किन हो ए ! झल्केकी ? स्वर्ग र पृथिवी टूट, सुन–नर–फूट, जोर्न तिमी छौ पल्केकी ? ज. बोक्सी बत्ती स्फुटिट किरणकी रङ्गिली बन्ध ! घन जलकण सब हुन्छन् पतङ्ग ! ज्वलन छ तिनको चरमानन्द ! झ. मर्न सिकाऊ बादललाई बलिदानी ! फुर्न सिकाऊ भू–लाई हे ! इन्द्रानी ! | माघको खुलेको बिहानको जप लक्ष्मी प्रसाद देवकोटा क. क्या खुल्यो बिहान आज ! नीलिमाले फाली सकल घुम्टो जाली ! ख. वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो ! अभिराम क्या यो ! रात प्रातः आयो ! क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो ! दिविमा जन्म ली दयाले ! करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो ! कुँज्छन् हृदय डाली ! दर्शनभिलाषीलाई दिव्य देव प्रकट हुन्छन् उक्ले अंशुमाली ! ग. भस्मीभूत दिन–चरी उड्छ भै सुनौला ! मानवी भविष्यको यो गाउँछ गान नौला ! एक अचल–चित्र तरुले औंला एक उचाली अमृत रश्मि नै इशार्छ, सिद्ध निज समाधिलाई लोक निम्ति फाली ! रश्मिलाई बुन्न दिन्छु दिलमा, भावजाली घ. प्राततारा ब्रह्मा अल्पे जसले सृष्टि कल्पे एक सफा डफ्फा बकुल्ला पौडिए उज्याली ! जीवनीका गतिका सुखका जीव–पङ्ख चाली ! खोजको आरम्भ हुन्छ चल्छ जगत्, आफ्ना पयर सडकमा उचाली ! ङ. द्रुम शिखामा छवि–विहङ्ग प्रथम झरेर बसे ! गुप्त इन्द्रधनुष ध्वनिको गुन्जन गाएर खसे ! मेरो भित्र चिडिया लाग्यो कुर्लन, पङ्ख चाली । च. स्वर्ग झर्छ, पृथिवी उड्छिन्, हिमालचुलीमा भेटी ! चुंबिदा छन्, लाल मदिर–अधर, अँगालो हाली ! अब सँभालिएर बस्छन्, मुस्केर हेर ! साथ, प्रातःको कहानी हाली ! ऊष्म रङ्ग फाली !छ . सृष्टि लाउँछे वसन सुन्दर, मधुर मातले छाली ! चञ्चले भाउले चाली ! पाँच द्धारबाट घुस्दछ उदय–सङ्गीत–धारा ! पन्छी मान्छ पिंजरा सन्चो, दो¥याउँछ गीत ती सास ! ज. धुस्नो सुकुलमाथि कवि छ, छिया छ पराल जालो ! एक–सिङ्गी गाई साथ लँगडो कुकुर खालि ! सुख हो भन्छौ जिन्दगी यो, किरण आँगमा हाली ! झ. मृत्यु चिसो हुन्छ भन्छन्, तातो अमृत थाली ! झारपात भज्न लागे गायत्रीको मन्त्र, किरणतर्फ आफूलाई माटोमा उचाली ! ए वरेण्यं भर्गस् ! सविता ! प्रेर भन्छु आत्मालाई, जहाँ, छौ ज्योतिको थाली ! विनत छु, सिकाऊ देव ! जित्न मृत्यु जाली । Magh ko Khuleko Bihana ko jap - Laxmi Prasad Devkota |