Poems of Mahakavi Laxmi Prasad Devkota
शून्यमा शून्य सरी
लक्ष्मीप्रसाद देवकोटा
संसार रूपी सुख स्वर्गभित्र,
रमें रमाएँ लिइ भित्र चित्र । सारा भयो त्यो मरुभूभि तुल्य, रातै परेझैं अब बुझ्छु बल्ल । रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । आखीर श्रीकृष्ण रहेछ एक, न भक्ति भो, ज्ञान, नभो विवेक । महामरुमा कण झैं म तातो, जलेर मर्दो बिनु आश लाटो । सुकी रहेको तरु झैं छु खाली, चिताग्नि तापी जल डाल्न फाली । संस्कार आफ्नो सब नै गुमाएँ, म शून्यमा शून्य सरी बिलाएँ । जन्में म यो स्वर्गविषे पलाएँ, आखीर भै खाक त्यसै बिलाएँ Sunya ma sunya sari - Laxmi Prasad Devkota वसन्त पुर्णिमा प्रति लक्ष्मीप्रसाद देवकोटा क. प्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल ! जादू झार्दी सब जलथल ! गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी, तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की ! देखी, पश्चिम आशाले दीप सुनौला निभा’की ! ख. यथार्थताकी हे उपहासिनी ! ललितकलाकी धाई ! रससलिलाशय पारी फेरि नागह्रद यो, तुहिनकिनार, माछो बन तँ सुनौला भन्छयौ ? मुस्की, मलाई बोलाई ? आदिकालको रसमा लग्छयौ ? केलि–कुतूहल बनाई ? जादू जलपी हिउँका बार ? ग. अमरत्व दिंदी छौ दिवस दिवंगतकन पनि, अझ चिरनूतन, जीवन । प्रकाश–तपस्विन ! सती तिमी के कञ्चन ! सान्ध्यद्धन्द्धमा ध्वानभिध जो महादानवसँग दुर्दान्त हार दिवाकर, शहिद सुनौला, सकल चराचर नाम बने जब, बलिदान पयोधिप्राणान्त । उरमा प्रेमालिङ्गनले तब सुस्त उठायो दिनेश सती । प्रेमाऽमृतले जीवित पारी आफ्ना पकडमा मृत ती पति । तुषारस्तनी ए ! सजला ! शान्त ! घ. दिन–मथनको गरलपानले छाती कलङ्कित सुन्दरी ! तिम्रो ! अमृत शेष भो संसार ! चन्दनशीतल शान्तिमहलको विभाविशिल्पित खुल्दछ द्धार ! स्वर्गको सन्चोको छ किनार श्रमले शिथिल पतबार ! स्वप्नकुञ्जका बास्ना सुमधुर मुसमुस चल्छन् विपनावार ! मस्ती खेल्छन् सुरेली तिम्रा कराली किरणमा पृथिवीवार ! जूनकीरी झिम्किन लाने नन्दनवनमा नीलाकार ! विश्रान्ति ओर्लिन् बादल–भुवामा भ¥याङ बनेको शैलकिनार ! कालो रेशम चोलि डाली, जादूगर्नी, निद्रा जाली, कालिकाठको डन्डा चाली, ओर्लिरहिछने मन्त्र प्रणाली सम्झी सम्झी, थोरै बिर्सी तिम्रा प्रभावले खालि ! उँग्दछ अनिल कुसुमदल माथि, फेर नफर्की, लट्ठ परी ! काँढा मर्छन् पृथ्वीका अब, फूल बन्दछ रातभरि ! श्रमको श्राप छ बरमा परिणत ! भू छन् स्वर्ग अपेक्षा उन्नत ! धमिला जलमा संलग्नजस्ती मानवजीवनमा आयो ! एकलासकी रानी ! उदायो ! बजाइरहिछौ मानो तिमीले अश्रुर–झङ्कृत मधु बेला ? ङ. मौनी धवल हिमाल–समाधि भित्र फुरेकी ज्योतिसरि, विष्णुवदनकी छवि मधुरी ! मृत्युभन्दा परतिर लग्ने तिम्रो मोहन, मृदु मुसकान ! औषधिका बिरुवा छछयौं रसले भिजाई हिमालभरि ! ज्वर जजैर यो जगमा दी अमृतमय वरदान ! अमृतवनकी मालिनी, मुस्क ! संसार निदाउँछ निर्भयतामा मृत्युलोकमा सुधा स्वपनी ! तिम्रो छहारीमनि ! चिन्ता हुन्छन् सब सुनसान ! उपल उज्याला पुलकी पलपल, फूल बनाई, तिनका मुटुमा दिन्छयौ बुलबुल ! शैलकराली नेपालीमा कहिले देखें स्वप्न–सोपान रचिरहेकी, करले कलकल ! देखिनँ यस्ती राम्री कहिल्यै, फुल्दी धरामा हाँस्दी कोमल ! कोमल खिलखिल ! च. यात्री बनाउँछयौ मानव–आत्मा, रसको सुदूर क्वै तीर्थतिर ! कविको हृदय दुगुर्दछ फेरि, अतीत युगका, आँसुहरुले प्यार फुलेका कुञ्जनिर ! अनङ्गसुतको स्वपना देखी उषामा स्तन चढ्छने, झर्छन् ! यथाथइलाई, प्यारकी देही, स्वपनाबीच निचोर्छिन् ! तिम्रा किरण जब मुखमा पर्छन् ! एक समरको कालो चदरको लामो फेर लतारी, उनका सँगमा हेलेन दुगुर्छिन्, बादलमा ! बादलस्पर्शी बुर्जाहरुमा अनुपम, अनुपम, विन्दुदृशी तारा गन्दै, मधुर वेदना, गीतमा झर्छन्, उडुमालाझैं लच्की, टुट्दै, बरबरमा ! होला तिनका छायाँ परेको, कतिका उरमा, घर, घरमा ! किनकि तिमी छौ प्यास जगाउँदी, प्रेमकी रानी, कथाकी खानी, भाव उछाल्दी, सागरजस्तो, सुन्दरमा ! छ. सुन्दर, सुखकर उपहास सिकाऊ कुटीहरुकन साना । जलप परालका छाना ! मलम तिमी ए ! गिरिब्रणकी विजय तिमी ए ! दिन–रणकी ! दरिद्रताको सिंगार मुहार ! खुश पार ! समानताको तन्त्र फिंजार ! रङ्कहरुकन राजकुमारीहरुका सपना देऊ । दिनको खील झिकी लेऊ ! गरीबहरुको दरबार रच ! भविष्यको स्वयं फोटो खिच ! इच्छावरदे ! शूल फूल छन् तिम्रा सुन्दर शाासनमा ! आधा जीवन वैकुण्ठ बनाई, विराज स्वप्नका आसनमा । सुखकी ए हाँस्दी गजूर ! कसको अब ए कसमा उजूर ? ज. अद्भुतताकी अप्सरा तिमी ! केश बदल्न सिपालु ! विविधकलामा चालू ! कहिले घूंघटपट– अभिरामा ! बादलवनका पुष्पलतामा, देखें मैले तिमीलाई ! कहिले, अहिले जस्तै फेरि, बेहोशीझैं वदनखुला, सुस्त चलेकी मुसकाई ! लुक्छयौ कहिले नीलोत्पलको विशाल दलमा भित्र घुसी ! शीत विन्दुको झूल कसी ! फूलसँगमा प्यार कथाका पाना मृदुल फुहेर, पढिरहन्छयौ राति कहिले, निश्चल, नुहेर ! कहिले दुगुर्दी देखें तिमीकन, हतपत खूब भएर ! कहिले देखें जलक्रीडामा– अमृतसिन्धुमा विश्वकी छायाँ ए रजनी ! यथार्थभन्दा तिमी छौ धनी ! कला–जगत्झै सुन्दर बन्छिन् अवनी ! मेरा पनि छन् उपासनाका हिउँका चुली, हिमगिरिवन ! अमृत सिंची, औषधि बिरुवा भरभर फुलाऊ जगतज्वरका ताप निवारक, कान्त सुमन ! शैशवदेखिन् कर फैलाई माग्थें तिमीकन, स्वर्गकी फूल ! दृगले पिइयौ, मुटुमा लिइयौ सिंच सुधाले भावका मूल !! | हामि नेपाली लक्ष्मीप्रसाद देवकोटा
|