संसार रुपी सुख स्वर्गभित्र, रमें रमाएँ लिइ भित्र चित्र । सारा भयो त्यो मरुभूमि तुल्य, रातै परे झैं अब बुझ्छु बल्ल। रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । आखिर रहेछ श्रीकृष्ण एक, न भक्ति भो, ज्ञान, नभो विवेक । महामरुमा कण झैं म तातो, जलेर मर्दो बिन आश लाटो । सुकी रहेको तरु झैं छु खाली, चिताग्नि तापी जल डाल्न फाली । संस्कार आफ्नो सब नै गुमाएँ, म शून्यमा शून्य सरी बिलाएँ । जन्मेँ म यो स्वर्गविषे पलाएँ, आखीर भै खाक त्यसै बिलाएँ । |