समका रचनाहरू


 नाट्य शिरोमणी बालकृष्ण सम (Natya Siromani)
कविताको व्याप्ती
 
एक साधु ठूलो डालो लिएर

कविता बटुल्न वनतिर लाग्यो,

डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिर दौड्यो,

छाँगोपाँगो, फलफूल, सागपात जताजतै कति खोज्यो,

कतै पाएन,

उसले ठान्यो- कवितासविताको ऋतु त्यो हैन रहेछ;

हताश भई फर्कन लागेको उसलाई एक रसिकले भेट्यो

प्रश्न सुनिसकी रसिक बोल्यो-कहाँ जहाँ कविता छैन,

शुष्क आँखाले हेर्‍यो भने छैन त्यै झरना पनि नीरस ,

त्यो रौँझैँ जोबन झरिरहेको शून्यमात्रको उद्घोष ,

क्यै पछि पानी सब निख्रन्छ त्यो पाखो खल्वाट हुन्छ !

तर साधु, अनुरागले आफ्नो छाती लिपिहरे,

ठाँटो जमीकन सम्म भएको रक्त-हृदयको सतहमाथि

दुःखी संसारको चोट एकत्रित पारी

उच्छ्वासले शक्ति प्रहार गर,

अनि अनुभूतको छाल उठाई मस्तकसम्मन् छिटा पठाऊ,

आँखा जलजल रसिलो भएपछि सबै नियाली हेर,

सहानुभूतिले नानीलाई सूक्ष्मदर्शक पार,

अनि ढुङ्गाका नसा-नसामा पनि रगत चलिरहेको देख्छौ,

पत्थरको मुटु छाम्न सक्दछौ,

अनि पहराले रस बहाउँछ,

तिमी बविता पाउँछा !

यति भनेर घामको मइनझैं

रसिक लत्याकलुतुक भै पग्ल्यो, साधुको आँखा पनि पग्ल्यो,

रूखहरू खोटोझैं पग्ले, फलफूल महझैं पग्ले,

हरिया फाँट पोखरीझैं पग्ले,

समस्त ब्रह्माण्ड हिउँझैं पग्ल्यो, आकाशगंगा भै पग्ल्यो,

ताराहरू सारा जलबिन्दु बने,

साधुले आफूलाई आफैँ जत्रो आँसुको एक थोपो पाएँ,

अनि दिग्दिगन्त विश्वभरि नै अणु-अणुको गर्भान्तरमा उनले

प्रलय घनघोर गर्जनमा ओतप्रोत भएर

कविता उर्लिरहेको पाएँ ।
 
Balkrihna Sama - Kabita ko Byapti
इच्छा
 

इच्छा यो महेश, अन्तिम जसै यो मृत्युसैया जली

मेरो रक्त सुकाउला गरुँला अन्योल भै छट्पटी

त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल

जे-जेमा हिमशैलको मधुरो मीठो चिसो चुम्बन ।१।

यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ

झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको

यो सन्देश ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ

साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२।

बज्ला मन्दिरमा “तथास्तु” जब यो घण्टा दिदै उत्तर

हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ

मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्

नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।

नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा

प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ,

पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ

मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।

Balkrishna Sama - Ikcchha

म पनि द्धौता मान्छु

posted Apr 28, 2012, 1:28 PM by Weall Nepali   [ updated Feb 14, 2013, 11:25 AM ]


म पनि द्धौता मान्छु


म पनि द्धौता मान्छु जोगी
म पनि द्धौता मन्छु;
तर तिम्रो र मेरो द्धौतामा
        आकास र पृथ्वीको भिन्नता छ ।
तिमी उसलाई आँखा चिँम्लदा
        अमूर्त चिन्तनको बादलामा देख्छौ
म उसलाई आँखा उघार्दा
        प्रत्येक मानिसको प्रिय दर्शनमा देख्छु
अवश्य मेरा तीन अरब द्धौतामा
        अस्पष्ट्ता छ, धमिलोपन छ विकार छ
म त्यही हटाउन कविता लेख्छु
अझ कविता दर्शन देऊ भन्छु
देवत्व नै कवितालङ्कार मान्छु
सत्यता भाव, शिवत्व ध्वनी
भीनस को प्रतिमा जस्तै नङ्गो
यथार्थता  रससौन्दर्य ।
जोगी तिम्रो हरिमदप्याला  पिउँदा मलाई पनि लठय्यायो
तिम्रो कविता झन्न पार्नी रन्न पार्नी लाग्ने रहेछ,
झन्डै मैले पनि आँखा चिम्लेको   ।
अब मेरो कविताप्याला पनि चाख,
यो ओखती झै तीतो झस्काइदिने
आँखै लाग्न नदिने छ,
म चाहन्छु अझ यो मुटु हिलाउने
    
    डाम्ने सुस्पष्ट दर्शन होस्
मानव लाई मानवतामा घोलिदिने यो कलम बनोस्
जोगी, भन किन आँखा चिम्ल्यौ
के नरक देखी डर लाग्यो ?
नरककै बिचमा स्वर्ग पनि त छ,
मल पन्छाउन अल्सी लाग्यो ?
के स्वर्ग बाट अन्न बर्सन्छ,
कि धरतीलाई खनी खनी
कन्दमूल पनि झिक्नुपर्छ ?
मलहरुकै बीच छेडी धरतीले
        रायोको साग उमार्दछ,
खेतको मलिलो तेलामा नै धानको बाला बल्छ
नरककै बिचबाट उठी सुन्ताला
        तिम्रो मुखमा अमृत छर्छ,
फोहोर सोहोर्दै थेग्राउँदै तौरँदै
        नदीले तिम्रो तिर्खा मेट्छ
आफ्नै मथिङ्गल र पेट सम्झेर पनि
आँखा खोल अनि मुख खोल्,
आफूलाई पाल्ने पृथवीमाताको
प्राणपणले प्रत्युपकार गर
“आत्मन्येवाSS त्मना तुष्ट” हुन खोजी
आत्मरतिमा पल्की जोगी
निस्सन्तान बनी आफुलाई
स्वतन्त्रत ठानी आँखा नचिम्ल
त्यो सम्झयौ भने
झन्
पृथ्वीभरका
मानिस तिम्रा आमा-बाबु
धर्मले केटाकेटी छोराछोरी हुन्छन
अझ बढछ  तिमीमा उत्तरदायित्व
तिम्रा बा तिम्रो अघिल्तिर हात पसारी उभिएका छन
तिम्री आमा झुत्रो मझेत्रोको टुप्पा फैलाईरहेकी छन

सिङ्गने नाङ्गा छोराछोरी
एक हातले माग्दै आर्को हातले
आँखा मिच्दै रोइरहेछन
ती कैलाश परिवार हुन
उनलाई आँखा चिम्ली नठग
आँखभित्र त अन्धकार मात्र छ
ज्योती तिम्रो बाहिर छ
तीनलाई हँसाइ धरणीमा
कैलाश स्वर्ग बैकुण्ठ उमार
जो पृथिवीकै गर्भमा छन्,
सन्फ्रान्सिस्को झै सुन्दर नगरहरु
आकशबाट झरेका होईनन
धरतीकै माटोका ढिस्का हुन
स्वर्गिय कल्पना पनि पृथिवीकै द्धौता
मानव मस्तिष्ककै उब्जा हो,
कृष्णलाई जतिसुकै महान भन्
ती केवल व्यासकै अधभुत कविता हुन
जोगि, म दर्शनको नाम्ले कवितामा
कल्पना गरी मानिसलाई
अपामन गरेको देखिसहन्न ।
कविताको नामम
असत्यलाई सल्काएर
त्येसको प्रकाशमा
दर्शन स्पष्ट्याउन चाहन्छु ।
कविता गीत होस
त्यसले मनिसलाई उचालोस्
परन्तु
स्वर्गद्वार भनी युद्ध मा धकेली
पृथ्वीलाई रक्ताम्य बनाइ
व्योमको कल्पित बुर्जामा नपठाओस्
बरु
शान्तिमा धकेली परस्पर हातेमालो गराएर
आकशको रक्ताम्य बादल देखाओस्
प्रेमोदय होस् !
एक एक चुमबनमा
उन्नीत पद्मिनी विकसित होस्
 X                              X
म पनि द्धौता  मान्छु जोगी,
म पनि आनन्द मान्छु,
तर तिम्रो र मेरो परमानन्दमा
        पर र वरको भिन्नाता छ,
म पनि बिष्णुलाई मान्छु –
        व्यापकता को मान्दैन !
म पनि शिवलाई मान्छु –
को यो कल्याण चाहन्न !
म पनि स्रष्टालाई मान्छु –
        जगतलाई को देख्दैन !
म पनि ब्रह्मलाई मन्दछु
        आफु लाई को छाम्दैन!
" अहं ब्रहमाsस्मि" म निर्धक्कसित भन्छु
        किनभने म नै मानिस हुँ, 
द्धौता मनिस हो, मनिस द्धौता हो,
        त्यसैले म पनि द्धौता हुँ,
तिमीले ब्राह्मण भनेकाले पनि 
        म खुट्टाले हिँडेको देख्छु, 
तिमीले शुद्र भनेकाले पनि
        म डाँफे-गीत गाएको सुन्छु,
त्यसैले म प्रत्यक मनिसलाई 
पूर्ण ब्रह्म नै मान्छु 
जोगी,
आँखा चिम्लने बानीले तिमी
कथालाई पुज्न पुग्दछौ ,
धरतीका लाखौँ मधुर स्वभावका
        सीतालाई अबला ठानी 
मानव-अधिकार दिना हिचकिचाउँछौ रामजस्ता राजालाई 
वरको धौतालाई जस्तै 
पर्यप्त प्रतिष्ठा कहिल्यै गर्दैनौ
राजाका महान वाणीमा अर्थ झै 
समस्त आफू होमिन्नौँ ! 
जोगी, पूजक सेवित बन्न छोडी 
सेवक पूजित बन्न खोज्छ
यस पृथ्वीलाई तिम्रो खाँचो छ, 
आकाशलाई छैन ! 
संसारमा मूर्खताको अतिरिक्त 
झगडा हुने अरू कारण छैन, 
सत्य-निष्पक्ष दर्शन भई तिमी बिचमा उभिए
सबै सङ्ग्राम बन्द हुन्छ ! 
एक एक औषधले करोडौँ जननीको 
करोडौँ प्रेमीको आँसु पुछ्ने
ति महात्माहरूले तिमी ले झै 
आँखा चिम्लिदिएको भए 
आज यस धरतीमा कति बाँकी रहन्थ्यौँ !
ए जोगि, हामी हुन्थ्यौँ हुँदैनथ्यौ!
अब विष्णुसहस्रनामको सट्टा 
सहस्र दरिद्रनारायणनाम 
सधै जपी कण्ठ गर,
सेवा स्वर्गद्वारा ती आँखा खोल,     
तिमीले नरक पारेका तीनलाई
आफु त्यहाँ डुबी काँधमा हाली
उतार्नु छ !
यथार्थमा द्धौता बन्नु छ- स्वार्थ छोडी
मुक्तिनाथ हुनु छ, 
जाग, उठ ! 
जोगी, हामी मिलिजुली अनगिन्ती
शुद्धबुद्ध ती फोहोरीलाई 
नुहाइदेऔँ,स्वास्थ्य दिलाऔँ, 
यसरी तीनका दाँत-मुख सफा गरिदेऔँ
कि तीनको जूठो खान सकौँ । 
जोगी, म पनि द्धौता हुँ-साकार   
सीमित शक्ति भएको- 
रूनी दु:खिसँग सँग रूने-
हाँस्नेसित सन्तोष मानी हाँस्ने-
पिउनेसित साम्य भै पिउने- 
अन्याय्, अत्याचारसित सहानुभूतिले रिसाउनी-
राम्रोलाई हेरिरहने-
असत्य भूतप्रेतले घेरेको टाउकोबाट
सब झारेर मिल्काउन खोज्ने-
भुकम्प बाढी आँधी सङ्ग्रामले
नरसंहार कहिल्यै नगरोस्- 
भनेर चिताउने-
सबै सुखी निरोगी होउन भनिठान्ने-
हातहतियारहरू केहि नलिएको 
केवल निर्बल कलम समत्ने 
म द्धौता हुँ-साकार ।
जोगी, म द्धौता हुनेछु- निराकार
जब मेरो देह भस्म भएर
        हावा-पानीमा बिलाउनेछ,
मलाई चिन्ने जान्ने सम्झने 
        सुन्नेहरूमा हृदयहृदयका
कुनाकुनामा म रहनेछु, 
मलाई सबैले बिर्से भने 
म सब्दब्रम्हमा अथवा अक्षरमा 
तल्लय हुनेछु,     
जसरी मेट्ने रबरले पुछ्दा 
आकार कागतमै बिलाउँछ,
यसो भनेमा जोगी मलाई
अद्वैतवादी भनौला, नभन,
म त्यो मान्दिनँ,
म आँखा ठूला भएकी पार्वती 
        तीनलाई पनि धौता मान्छु, 
आँखा चिम्लेका पुरूष जोगी
        तिमीलाई पनि द्धौता मान्छु, 
"सर्वव्यापी सर्वज्ञ सर्वशक्तिमान्"
        आदिलाई म शब्द मान्दछु,
यिनका स्रष्टा मनुष्यकै
        मस्तिष्कलाई म वेद मन्दछु,
विशुद्ध मनुष्यस्वभावलाई म बुद्ध मान्द्छु
विश्वमा मान्छेलाई नै सर्वोच्च 
        अनन्त कोटी द्धौता मान्छु
मनुष्य मनुष्यकै
म “युज” धातुलाई पनि धौता मन्छु, 
जोगी,
म पनि द्धौता मन्छु ।   

563528_CheapOair Brand Logo (125x125)

1-1 of 1