गजल अल्मलिएको मनको प्रश्न मेरो कुन हो माया, हजार तारा हो की कहीँ एउटा जुन हो माया |
सम्झनाले रोपी रोपी घाऊहरु बनाइदिन्छ, मन मात्र कि नसा नसा बग्ने खुन हो माया |
सुस्ताएको बतास सगैँ आस्ताएको आश रुन्छ, आशै आशमा रुवाउने सम्झनाको धुन हो माया |
झुकिएर किनरामा तिम्रो प्रिती लत्याइदिए, लत्याएको बलुवाको आमुल्य त्यही सुन हो माया |
कसमका पहाड तोडी आस्था माथि धक्का दिएँ, विश्वाशमा घाऊ दिएँ अब पोल्ने नुन हो माया |
|
ब्यस्तता र सुस्तताले तलमाथि हुन्छ जीवन।। इष्ट सम्झी हाँसी कहीँ मजबुरीले रुन्छ जीवन।।
लक्ष्य अनि उद्देश्यका पहाडहरु माँझ हुँदा, उत्ताउलो मनको कुरा सधैं सधैं सुन्छ जीवन।।
गूड्या गाडा गन्तब्यको कहीँ गल्ली कहीँ चोक, तिनै गल्ली काट्न कति हाथ साथ चुन्छ जीवन।।
एक्लो हुन्न कही पनि सम्झना को साथ् सधैं, सम्झनामा पिर खुशी फेरी मुटु छुन्छ जीवन।। |
ढोका लगाइ बस्ने गर कहीँ राती गोली आउला,
धेरै पङगा लीयेउ बाबु आजै आउला भोली आउला।
तिम्रो औकात बुझेउ ढिला काम तिम्रो लाग्ने को हो?
सोझोलाई घोच्येऊ अति अब मुटु पोली आउला।
कती माथि उठेउ तिमी खसाएर मलाई तल,
सम्झाउन थाकेँ अब नसोछ कहीँ बोली आउला।
बिदा लेऊ घर तिर कात्रोपनि किने हुन्छ,
पिर अनी आक्रोसमा तिम्रो खुनको होली आउला। |