Blogs‎ > ‎Kishor Ghimire's Portal‎ > ‎

Kishor Ghimire's songs

posted Feb 11, 2012, 9:53 PM by Weall Nepali   [ updated Feb 23, 2013, 10:09 PM ]

भुलाऊन खोज्छु

श्वर-संगीत : प्रमोद निर्वाण

भुलाऊन खोज्छु ती पुराना प्रेमका कथाहरु

मेटाउन खोज्छु कागजमा कोरिएका ब्यथाहरु

सम्झेर ल्याँउदा अतितलाई बाढी नै चल्छ

हुरी बतासले रापेको आगो 

दनदनी बल्छ भतभति पोल्छ ।


भुलाऊन खोज्छु हामी हिडेका ति सबै ठाउँहरु

मेटाऊन खोज्छु तिम्रो तास्विर अनि सबै नाउहरु

साँचो र सत्य कुराहरुलाई

मेरा मनका निस्चल भावनाहरुलाई

तिमी ले त बुझ्न सकेनौ, रोज्न सकेनौ

भुलाउन खोज्छु ति पुराना प्रेमका कथाहरु ।

 

Composer and Singer:  Pramodh Nirvan


खास त केहि छैन


श्वर :राजेश पायल राई
संगीत : प्रमोद निर्वाण

खास त केहि छैन
यो जीबनमा जिन्दगानीमा ।

म निदाको छैन
आझै नी तिम्रो यादमा बिउँझेकै छु ।

सास रोकिन खोज्छ
आझै नी तिम्रो यादमा बल्झेकै छु

म मरेको छैन आझै नि तिम्रो यादमा बाँचेको छु
आँशु रितिदै छन सुख मन तिम्रै लागि साँचेको छु ।

जिउँन त जिउँछन सबै
अर्ध जीवन बाँचेकै छु ।

टुटीदिन्छ ह्रदय मेरो
बल्झी दिन्छन घाउहरु ।

हाँसेर अघि बढ्न खोज्छु
रोकिन्छन पाउहरु ।

म हरेको छैन आझै नि तिम्रो मायामा डुबेकै छु
म भागएको छैन आझै नि तिम्रो प्रेममा अढेकै छु ।

खास त केहि छैन
यो जीवन मा जिन्दगानीमा ।

म निदाको छैन
आझै नि तिम्रो यादमा बिउँझेको छु ।


Vocal: Rajesh Payal Rai
Music : Pramod Nirvan

माया मेरी बैगुनी भई

श्वर-संगीत : प्रमोद निर्वाण

माया मेरी बैगुनी भई

अर्कैको संसारमा ढल्किदै छिन्

हात समाई ऊनले मलाई सागरको किनरमा लगि दुबाइन

सायद मेरो गल्ती केहि थियो कि

सोध्नै नपाई पराई भइदिई  

आज प्रश्नहरुले आफैलाई सोध्ने गर्छ किन उसले बिरानो बनाइ

माया मेरी रङिदै छिन् अर्कैको संसारमा ढल्किदै छिन

हात समाइ उनले मलाई सागरको किनरमा लगि दुबाइन ।

मेरो संसारको दीप नै अर्कै आइ निभाइ दियो

आशु मात्र मलाई दिएर अमृत भने पाराइले पियो

माया मेरी रङिदै छिन आर्कै को संसारमा ढल्किदै छिन

हात समाइ उनले मलाई सगरको किनरमा लगि दुबाइदिइन।     


Composer and Singer:  Pramodh Nirvan