Blogs‎ > ‎Kanchan's Portal‎ > ‎

Poems

posted Mar 2, 2012, 10:36 PM by Weall Nepali   [ updated Mar 2, 2012, 11:27 PM ]
Kanchan

को राम्रो त म की तिमी !


रेसा रेसा को मुल्यमा पनि 
के म बिक्न सक्छु र
कति मोल हो यो बास्तुको !
म त एउटा बस्त्र हुँ । 

कत्रो कात्रो, बिग्रेको बिकार
समय नै हो, म के हुँ 
म त आफूमै पीडा 
को हुँ, नाथे एउटा सानो आकार । 

धर्सा सिमनाको, कति सम्म र 
पचास, सय, एकसय आठ
जति कराएनि बिलौना आफ्नै घात     
जति नी हुँदा मार्ने जात, मर्ने नै हो । 

सुन्दता बरु हेने होला मिल्दा की 
कसलाई चोर् हुन मन्छ र, 
चोर् होस् भन्दा डाको छोद्छ चोर् 
अनि को राम्रो त म की तिमी ।

भात जोडौं कुरा भन्दा


भातको सिता सिता 
जोड्डा खाना बन्ने रैछ
किन पाठशालामा जोडमा 
भातका सिता र घटाउमा 
मेरो गाँउको दु:ख नअटाएको

कुरा ठुला गर्दा भात पाक्ने 
होईन रैछ मेरो चुलोमा   
अनि किन कराएको त तिमी
मेरो कान फाट्ने गरि ।
को हौ तिमी मेरो भाग्य लेख्ने ?
मैले त छैटीमै पाएको छू त ।

आफ्नो आयुको हिसाब राख है
मरिजाने तिमि नै हो, हामी जस्ता
बाचिरहने हो, किन मर्ने,
शासन त हामीमा नै त गर्ने हो ।

अब नकराउ सारा बढे 
हामी चाँही किन पछाडि लखेट्ने
हिंड्न सिकौं तिमी म 
दौड्न त हाम्रा सन्तती लाई चाडै छ ।