Songs

posted Feb 11, 2012, 8:48 PM by Weall Nepali   [ updated Feb 23, 2013, 10:00 PM ]

किन किन

 
किन किन हो 
किन किन जीवन, 
उराठ लाग्छ । 
किन किन मृत्‍यु, 
आफ्नै झै लाग्छ । 
हवासंगै उडु झै लाग्छ । 
बादलमा नाँचु झै लाग्छ ।

किन किन एकै झट्कामा
जीवन् अन्ताऔ 
अन्ताऔ झै लाग्छ । 
धुवासंगै उडु झै लाग्छ, 
पानी बनी बगौ झै लाग्छ ।

बसन्त के हो के हो 
शिशिरनै प्यारो लाग्छ

किन किन एकै झिल्कामा
सबै जलाऔ जलाऔ झै लाग्छ । 
बेलगाम हाँसु झै लाग्छ
हाँसोबाटै रु रु झै लाग्छ ।      
  
किन किन हो 
किन किन जीवन, 
उराठ लाग्छ । 
किन किन मृत्‍यु, 
आफ्नै झै लाग्छ । 
हवासंगै उडु झै लाग्छ । 
बादलमा नाँचु झै लाग्छ ।


1996, Dharwad India

के थियो र मेरो

 
के थियो र मेरो के हुनेछ भोलि 
सबै सबै यहि छाडेर जानेछु । 
केही आस्था केही विश्वाश 
केही चाहना लिएर जानेछु । 

म खरानी भएपछी केहीबेर 
मेरो चर्चा होस्, 
म नभए पनि कहिले काहि 
मेरो कुरा होस् ।

यही चाहन्छु म, यहि चाहन्छु म ,
यहि यत्ति चाहन्छु म । 

के थियो र मेरो के हुनेछ भोलि 
जे लिएको थिए सबै फिर्ता गरेर जनेछु ।
केही स्नेह, केही सदभाव
केही ममता लियेर जाने छु ।   

मैले गरेको कामले कसैको भलो होस् 
मेरा शीजनाहरूले जग उज्ज्वल होस् ।  

यही चाहन्छु म, यहि चाहन्छु म ,
यहि यत्ति चाहन्छु म । 


1997, Dharwad India

मैले मृत्युको अनुभव गरिसकें


मैले मृत्यूको अनुभव गरिसकें ।
मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।
मैले मृत्यू भेटी कुरा गरिसकें ।

मृत्यू आनन्द रैछ ।
मृत्यू शान्ति रैछ ।
मृत्यू कामना रैछ ।
मृत्यू भावना रैछ ।
जीवनको अन्तिम सत्य मृत्यू मात्र रैछ ।

मैले मृत्यूको अनुभव गरिसकें ।
मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।
मैले मृत्यू भेटी कुरा गरिसकें ।

मैले जीवन बिदाई गरिसकें ।
मैले चीता जलाईसकें ।
म पर पुगिसकें ।
मैले सबैलाई भुलिसकें ।

जीवन नजान्नेलाई काँडा रैछ ।
थाहा नपाउनेलाई कष्ठ रैछ ।
भागनेलाई लखेट्दो रैछ ।
जीउनेलाई जिवन रैछ ।
मेर्नेलाई जहिले नि मृत्यू रैछ ।

मैले मृत्यूको अनुभव गरिसकें ।
मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।
मैले मृत्यू भेटी कुरा गरिसकें ।

1996, Dharwad, India