कबिताहरु

posted Aug 1, 2012, 12:54 PM by Weall Nepali   [ updated Feb 23, 2013, 9:57 PM ]

म भित्र को अर्को म !

 
म को हो ! म के हो
म म नै हो वा होइन
कि म भित्र अर्को म छ
कि म भित्र नै छैन म !

त्यो म लाई म
कसरी  भनुं  म
जब उ मेरो मान्दैन
आफै जिद्दी मेरो जान्दैन !

उ अर्कै सोच्छ
म अर्कै ठान्छ
म नियममा सोच्छु
उ प्रकृतिमा बाँच्छ !

म एक लेख्छु
उ दुई देख्छ
म कलमले लेख्छु
उ व्यवहारले भन्छ !

म कागजमा बिचार्छु
उ मस्तिस्कमा भन्छ
मेरो मानब सास फेर्छ
उसको मानब अकरणीय छ !       

सम्झाउंदा मान्दैन
म अर्कै हु भन्छ
फेरी म रिसाउदा 
उ सिथिल हुन्छ !

प्रश्नहरु राख्छ
कल्पनाहरु पस्किन्छ
निष्कर्ष मागिरहन्छ
उत्तर खोजिरहन्छ !

यो सबै मोह राख्ने
म बाट पाप गराउने
मलाई गिज्याउने
त्यो कुन म हो !

त्यहिँ खोज्न त्यो म
भागिरहेको हो कि
वा बच्नलाई म 
उसबाट भागिरहेको हु !

मेरो जीवन पिडामा
दिलासा पनि दिन्छ
घाउ हुदा दुख्दा !
मलम पनि लगाउछ

रुँदा आँशु पनि रोक्छ
लड्दा  सम्हालेर बोक्छ
खुसीमा घमण्डी बन्छ
सधै म नै हु भन्छ !

म सोच्दछु राम्रो गरौँ  
सबै आफ्नो भनौं  
सकुन्जेल सम्हालौ
आफुलाई राम्रो बनाऔं ! 

जीवन को सत्य
बताउन  खोज्छ
एकदिन  त पनि "मर्छस",
पनि  संकेत गर्छ !

पत्ताउन मन लाग्छ,
तर डर लाग्छ
जीवन  त जीवन हो
भन्न मन लाग्छ !
 
को हो त त्यो अखिर
जसले श्वास चाल्छ
सबै देख्छ अनि सोच्छ
म भित्र भित्र बाटै बोल्छ !

के उही मेरो राम
अल्लाह, यशु या बुद्ध
के म हुँ  म भित्र
ति सबै मेरा सुमित्र !

कहाँबाट म पाउछु
यी सक्ति देखन सबै
आनन्दलाई भोग्दीन
आतिन्छु दुख देख्छु जसै !

यी  दुइ महरु को मिलन
नै हुनु पर्छ चैतन्य
यी महरु एक म हुदाँ नै
शान्ति  होला सर्बत्र !

मिलन गार्हो छ,
मानव सदै ऊसबाट भाग्दछ 
नाच्दछ फेरी भेट्दछ  
म उसैको टाउकोमा बाँच्दछ !

2008 - Iowa, USA

परदेसबाट घरमा चिठी ! 


सानो सानो भन्दा भन्दै  
कति ठुलो भएछ
हेर त बाबा बाबा भन्थ्यो आउँदा  
अब त चिन्न छोडेछ !
होनी मैले नै सिकाएको हो
उसलाई बाबा भन्नलाई
तिमीले त बुवा भन्नु भन्थ्यौ 
आफु चाही बरु बाबा नै भन्थ्यौ !

दाद्दा द्द्द्दा भन्यो
अनि बाबा हो मैले भनें
हातमा समाती एक पटक
निधारमा उसको चुमें !
कति मायालु देखिने हगी
म हिड्दा रोला जस्तो गर्यो
उ तिमि को रोएको हो वा मेरो मन
छुट्याउनै गार्हो पर्यो !

टुकु टुकु हिड्ने बेला
मैले ताती ताती भन्थें
कति पाइला हिड्यो
एक एक गरि गन्थें !                    
उसैको लागि हो त
भनि म हिडेको
बर्सौ  बित्यो अब त
परदेसी को जुनी काटेको !

फुर्सदै छैन अरु सोच्न
दु:ख त नेपाल कै मीठो
सोचे सुख होला समयमा  
के गर्नु पाइएन मात्र नि पिठो !
बच्चाले बुबु भन्दा
कति कान थुन्नु
बिरामी आमालाई कसरी ढाट्नु
पैसा बिना जीवन कसरी काट्नु !

बिहे गरि लेराको तिमीलाई
पाल्छु भनेको छु
दु:ख कति दिनु र
अर्धांगिनी हो, माया गर्छु !
बाबाले भोगेको 
मेरो छोराले नाभोगोस
हिजोको जस्तो दिन
फेरी हामीलाई नपरोस !

एक दिन त फर्कन्छु
कमाई  अलि कति होस्
दुइ छाक खान, आमाको उपचार
र छोराको भर्ना गर्न पुगोस !
बिदेशमा त गार्हो रैछ
अब लेराको ऋण तिर्नु छ
ऋण सकियोस अनि
फेरी तिमि र म केहि गर्न जुर्नु छ !

बरु छोराले आज बाबा
भन्यो कि भनेन होला
बुढी आमाले त पकै सम्झिन
जे मा नि मलाई खोज्छिन  !      
आखा धमिलो भो रे
चस्मा चाहियो पोहोरै सालमा
भनि देऊ - पर्ख है आमा दुई चार दिन अझै
तिम्रो चस्मा आउछ यसै पालमा!

तिमीले गहना मागेको छैनौ  
र पनि हामी छिटै किनौंला केहि
बच्चालाई स्कुल भर्ना गर
राम्ररी यसलाई हामी पढाउँला !         
छोराले बाबा भन्यो कि
मेरो  अहिले बाढुली बढ्या छ 
तिमीले के सोच्यौ अहिले
मेरो  हृदय गति चड्या  छ ! 
 
यसपाली अब लेख्न सिक्ला
बाबा लेख्न सजिलो छ 
आमा संगै सिकाई देऊ 
बाबा यो हो भनि पनि फेरी चिनाई  देऊ !    
बाबा छिट्टै आउँछ 
खेलौना पापा ल्याउँछ
गहना चाही पछी गरौंला 
हेरौं तिमीलाई लुगा कति भ्याउछ !
                       
म त यहाँ धेरै बस्दिनं
ऋण तिर्नु नै पर्यो
कमसे कम आएको भार
बिसाएर नया सुरु गर्नु पर्यो ! 
अब त बरु त्यहिँ बस्ने
जसो भएनि कम्मर कस्ने
सबैले यति काम उतै गरे
सुनै फल्छ, सबै एक बन्न सके !


1999 - Chennai, India