यो संबिधान बनाउने बेलामा कुर्सीको र सरकारमा जाने लोभले कहीले नछोड्ने भो हाम्रा नेता भनाउदाहरुलाई। कहीले सहमतीको सरकार भनेको छ कहीले राष्ट्रिय सरकार। जुन नामले सरकार बनाए पनि एक हफ्तामा फेरि तिनैले रजिनामा माग गर्छन्। यस्तो बचन बोली अनी व्यबहार को कुनै पनि आधार नभएका, जिब्रोमा लोभ र लालच भरिएकाहरुले संबिधान बनौलान भनेर हामि बसेका छौ। हुनत तिनै हुन, को छ र अरु। काम राम्रो गरे त हुने हो नि। तीनले नबुझेका हुन् की वा के भएको हो, त्यो थाहा पाउन नै गार्हो भो । सबैले देशमा शान्ति र सुब्यवस्थ नै चाहेको जस्तो नै देखिन्छ। अनी फेरि किन तेस्तर्फ सबै मिलेर अगाडि नबडेर, कुर्सी र सत्ताको लागि मरिमेटेका हुन ? अब यो सङ्गारमा आएर राष्ट्रिय सहमती को सरकार बनाउने रे । अहिले सम्म ३ बर्ष चाइ के को सरकार थियो नी त्यहा ? अनी त्यो संबिधान सभाको चुनाव र तेत्रो जनताको मत चाइ के हो नी ? "शान्ति प्रक्रिया टुंगिने आधार बने पनि नबने पनि प्रधान मन्त्री झलनाथ खनालको राजीनामा साउन २८ गते नै आउने भएको छ रे।" हामीलाई कस्ले रजिनमा दिने वा को प्रधान मन्त्री हुने सँग कुनै सरोकार छैन। हामी सबै नेपाली लाई नेपालमा एकता,शान्ति र संबृधी चहिएको छ। सबैको सरकार देखियो, फेरि तेही मान्छेहरु नै हुन्। २० बर्षमा परिवर्तन नभयेका हरु अब २-४ दिनमा के परिवर्तन होलन्। फेरि त्यहि राजनीतिको खेल सुरु गरेर एकले अर्कालाई आरोप लगाएर संबिधानलाई पर सर्ने खेल खेल्ने बाटो मात्र खोजेका हुन जस्तो छ यो साकार परिवर्तन को नाटक ले। सबै भन्दा गजब कुरा त "शान्तिप्रक्रिया टुंगिने आधार बने पनि नबने पनि प्रधान मन्त्री झलनाथ खनालको राजीनामा साउन २८ गते नै आउँछ" रे । ती ६०१ लाई भतेरको पैसा के का लागि हामीले ब्येहोरी रहेका छौ त? यदि खाली कुर्सीमा बस्ने मात्र हो भने। हामीले तीनलाई तेही प्रक्रिया पुरा गर्न, शान्ति कायम गर्न र संबिधान बनाउन त त्यहाँ रखेका हौ। तीनका मतिमा तेति पनि बुद्दी छैन ? कस्तो अचम्म शान्ति कायम भए नी नभयेनी रे? के बोल्ने हो, के भन्न खोजेको हो, बुज्न नै गर्हो। 'प्रधान मन्त्रीको राजीनामा राष्ट्रिय सहमतिको सरकार निर्माणका निम्ति हो रे प्रधनमन्त्रीका प्रबक्ताले भनेको । कहीले सहमती भएको छ र अहिले होला? प्रबक्ताका अनुसार 'राजीनामा दिएपछि पनि उहाँ (झलनाथ) त्यसमा लाग्नुहुन्छ।' कस्ता कस्ता कुरा गर्छन्। प्रधानमन्त्री भएर सिन्का नभच्नेले सडकमा के गरलान? फेरि सडक तताउने अनी सत्तामा आउने, देश् कसरी चलाउने थाहा छैन। फेरि सडकमा। यिनको सडक र सत्ताको रोमन्चन जनताको चाइ पासो । अमूर्त |