एउटा चुरोट को १०० रुपैया



एउटा चुरोट को १०० रुपैया

अब सर्बजनिक ठाउँमा चुरोट खाने भए खल्तीमा १०० रुपैया लिएर सल्काउनु होला।  नेपालमा सार्वजनिक स्थानमा अब धूमपान निषेध गरिएको छ्।  धन्यवाद सरकारलाई पहिलो कदम चालेकोमा ।  धुम्रपान गर्ने अंमलीहरुलाई त यसले केही दिन अप्ठ्यारो पार्छ तर दुर्गामी असर राम्रै हुनेछ। आइतबारदेखि नेपालमा सार्वजनिक स्थानमा चुरोट खानेलाई कारबाही हुनथालेको छ  ।  सर्बजनीक स्थानमा कसैले पनि धुम्रपान गरेमा सय रुपैयाँ जरिवाना तिनुपर्ने छ वा उक्त स्थलबाट त्यस ब्यक्तिलाई बाहिर निकालिनेछ अथवा दुबै कारबाही हुन सक्ने छ। 

शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम, अनाथालय, सरकारी भवन, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेस्टुरेन्ट, मिनी मार्केट, हाटबजार, पसल र धार्मिक स्थलजस्ता सबै सार्वजनिक स्थलमा धूमपान रोकिएको छ । अझै राम्रो पक्ष त त्यस्ता स्थलबाट कम्तीमा सय मिटरभित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइने छैन । स्वास्थ्य मन्त्रालयका कानुनी अधिकृत कोमल आचार्यका अनुसार अनुसार १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन पनि पाइँदैन ।

सार्वजानिक स्थानमा धूमपान प्रतिबन्ध लगाउने यस ऐनले सुर्तीजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेटको कम्तीमा पचहत्तर प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने चेतावनीमूलक सन्देश र चित्र छाप्नुसमेत पर्नेछ । चित्रको प्रावधान कात्तिक १८ गतेदेखि लागू हुनेछ ।

नयाँ कानुनअनुसार विदेशी ब्रान्डका उत्पादनहरू पनि प्रभावित भएका छन् । विदेशी ब्रान्डका चुरोट, बिँडी र खैनी आयात गर्दा पनि ती चुरोट, बिँडी र खैनीको बट्टा वा पाकेटको पनि उक्त सन्देश र चित्र उल्लेख हुनुपर्नेछ । खड्का अनुसार उरुग्वेपछि चेतावनीमूलक सन्देश र चित्र कम्तीमा ७५ प्रतिशत भागमा छाप्ने नेपाल विश्वमै दोस्रो देश हो ।

नियम त आयो, परिपत्र पनि भयो । अब सबै को सामु यो सन्देश कसरी पुर्यौने । त्यो पनि एउटा चुनौती छ। सरकारले निर्णय त गर्छ तर, केही कुरा पनि बन्दबस्ती गरेको छैन् जस्तो यहाँ लाग्दछ। ती पसलहरु जुन सार्वजनिक स्थान को १०० मिटर वरपर छन्, तिनीहरुले अब के गर्छन् त? एक प्रकाशले हेर्ने हो भने अब काठमाडौंमा त चुरोट र सुर्ती बेच्न नै निसेध जस्तो देखियो। काठमाडौंमा शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम, अनाथालय, सरकारी भवन, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेस्टुरेन्ट, मिनी मार्केट, हाटबजार, पसल र धार्मिक स्थल जताततै छन्। त्येस्का सेरोफेरो भन्नाले त पुरै काठमाडौं जस्तो नै देखिन्छ। हेरौ कसरी कार्यान्वयन सम्वब छ । धुम्रपानमा प्रतिबन्ध राम्रो कुरा हो। सबैले आफ्नो स्वास्थ्य मात्र सोचे यो समस्या समाधान आफै हुन्छ। युवा र बालकलाई चेतना दिने काम शिक्षक, परिवार र समाजले गर्नै पर्छ।  

यसलाई चाँही हाम्रा राजनैतीक दल र नेताहरुले बिरोद गर्दैनन होला । तर भोलि ती ब्यापरीहरु जस्का ब्यापारलाई यो नियमले असर गर्छ तिनीहरु सडकमा आए भने फेरि तेही नेताहरुले यो निर्णय हामीलाई नसोधी भएको हुनाले खरेज हुनु पार्ने माग गर्न सक्ने कुरा निस्चित नै छ।     
 


Comments