यस्ता नेताहरुलाई के गर्ने? गत ३ बर्षका पटके सरकारका पदाधिकारीहरुले तीन वर्षमा जम्मा जम्मी अरु घुस्खोरी र घबलाहरु बाहेकै २९ करोड रुपैया सर्लक्क बाडेर खाएछन्। जनता को पैसा उपचार र अरु के के नाममा हात पारेछन । यिनीहरुलाई किन यो सुबिधा उपलब्ध गराउनु पर्यो र? के को उपचार ६०१ मा एक दुई कम भएर के हुने हो र? बरु बिबाद काम होला र संबिधान चाँडो बन्ला । कान्तिपुरको समाचार अनुसार "प्रभावशाली नेता, मन्त्री, सभासद र भ्रातृ संस्था एवं राजनीतिक आवरणमा नखुलेका संस्थालाई आर्थिक सहायता र उपचारका नाममा झन्डै २९ करोड रुपैयाँ बाँडेको छ । संसद्को सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको विवरणअनुसार २०६५ असोजदेखि २०६८ जेठसम्ममा मन्त्रिपरिषद्को निर्णयका नाममा तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र अहिलेका प्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा राज्यको ढुकुटीबाट उक्त रकम बाँडिएको हो ।" बल्ल पो थाहा लाग्यो त यी महासयकिन कुर्सीमा टसियेको रहेछन्। सम्बिधान बनिहल्यो भने त फेरि को आउने हो त्यो पैसा कुम्लाउन तेसैले संबिधान नै नबनएपछी त सधै आफ्नै पालो । बाडी चुडी खान पाउने । तेही खाएको टुलुटुलु हेर्न नसकेर पो आन्दोलन गर्ने रैछन त यीनीहरु त। अनी जनता बिचराहरु जहिले नी चिल्लै । उपचार हुन नसकेर नेपालमा बर्सेनी कतिको ज्यान जन्छ। बरु तेति २९ करोडले त कति नेपालीको उपचार भएर ज्यान बच्ला। नेताहरुले त ठेक्का पट्टा, कमिसन, घुस र भत्ता पाएकै छन् नि। अनी त्यो प्रधानमन्त्री सहायता कोषको काम चाइ के रैछ कुन्नी? अरु देश् तिर त बाढिपैरो, गरिबी, भुक्मरी र आपत्तिमा तेसैले सहयोग गरेको देखिन्छ। नेपालमा चाइ किन येस्तो हो? नेपाली जनतालाई कति सम्म अध्यारोमा राखौला भन्ठानेको हो यिन्ले? यो बितरणलाई सहयता बाढेको होईन, जनता र देशको पैसा ब्यक्तिगत फाईदालाई प्रयोग गरेको भन्न पर्छ। टन्न ३ पटक प्रधानमन्त्री, मन्त्री भएर घुस खाएर काठमाडौंमा करोडको घर बनाउनेले पनि उक्त कोषबाट पैसा हसुरेको रहेछ। के बारे कुरा हुदैछ भन्ने स्पस्ट भएन भने " हाम्रा नेताहरुले गरीबको लागि भनेर छुट्टाएर राखेको पैसा आँफैले बाढेर खाएछन फेरि एक पटक" । "प्रधानमन्त्री सहायता कोषबाट भने प्रधानमन्त्रीले आफ्नो पार्टीका नेता, कार्यकर्ता र उनीहरूको सिफारिसका व्यक्तिलाई मात्र १० देखि ७५ हजार रुपैयाँसम्म बाँडेका छन्" रे? ए नेपाली जनताले दु:ख गरेर कमाएको पैसा ती नेता हरुको आफन्त पाल्नलाई रहेछ? ठिकै छ, हामीले सदै टुलुटुलु हेर्ने त हो नि। फेरि एक पटक त हो नी, नयाँ कुरा हो र चिन्ता गर्न? के कुरा गर्नु देऊबा, भरत मोहन देखि भुटानी नेता टेकनाथ रिजाल, वामदेव गौतम, राजकुमार नाल्बो, पूर्वमन्त्री रकम चेम्जोङ, नेता रामराजाप्रसाद सिंह, सुशील कोइराला,पद्मसुन्दर लावती र यस्तै ५० जना को नाम् रैछ। नेपालीलाई जीवन जल र सिटामोल गाउमा पुराउन नसक्ने सरकारले लाजै नमानी २९ करोड बाडेछ । हामि सबै नेपालीले सधैं किन येस्तो हेरिरहन पारेको हो ? शेर बहादुर देउबा ले एक पटक सतीले सरपेको देश् हो यो भनेका थिए, सतीले होईन काजी तिमीहरुले सरापेको देश् हो यो। कतिन्जेल खन्छौ हो, यसरी? पञ्चायत लाई र राजालाई हामीले किन हटाको? तिमीहरुलाई पोश्न लाई हो? गरिबी र अभावका कारण उपचार गर्न नसक्ने व्यक्तिहरूलाई मात्र आर्थिक सहायता दिने कानुनी व्यवस्था छ । सरकारले आर्थिक हैसियत राम्रो भएका, कुनै रोग नलागेका प्रभावशाली नेता तथा पहुँचवाला व्यक्तिलाई मनलागी रकम बड्नु भनेको देशको कानुन र जनताको अपेक्ष्या र प्रजातान्त्रिक धारणा बिपरित कार्य गर्नु हो । यसरी कानुन तोड्नेले देश र जनताको लागि के गर्लान? खोइ के भन्नु । व्यक्तिगत
गाडी मर्मतका लागि समेत एमालेका पूर्वसांसद सोमप्रसाद पाण्डेलाई करिब ७ लाख रुपैयाँ
सहयोग दिइएको छ रे लौ । ५०% जनताले गाडी नदेख्ने देशका नेता को गाडी मर्मतमा ७ लाख्?
त्यो पनि प्रधानमन्त्री कोश बाट? ल अब हामी
आँफै सोचौ यस्ता नेता हरु लाई के गर्ने? अमूर्त |